ad ad

राजनीति


माघ १२ गते देशभरका वडामा एकैपटक स्थापना दिवस मनाउने गगनको प्रस्ताव

माघ १२ गते देशभरका वडामा एकैपटक स्थापना दिवस मनाउने गगनको प्रस्ताव

केन्द्रीय कार्यसमिति बैठक जाँदै गगन थापा। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १२ गते देशभरका वडामा एकैपटक पार्टी स्थापना दिवस मनाउने प्रस्ताव गरेका छन्।

११ महिनापछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै उनले माघ १२ गतेको पार्टी स्थापना दिवस भव्य बनाउनुपर्ने बताए। कांग्रेस वि.सं. २००३ माघ १२ गते स्थापना भएको हो।

‘यसपटकको स्थापना दिवसमा हामी जिल्लाको कार्यक्रम राख्दैनौं, ६७४३ वटै वडामा विशेष कार्यक्रम राख्छौँ,’ थापाको प्रस्ताव छ, ‘पार्टी सभापति पनि वडाबाट सक्रिय सदस्य भएकोले सम्बन्धित वडामै पुग्नुपर्छ।’

थापाले एक वर्षमा के–के काम गर्ने क्यालेण्डर नै प्रस्तुत गरिरहेको छन्। पहिलो पटक कांग्रेसको सांगठनिक एजेण्डा थापाले पावर प्वाइन्टमार्फत् प्रस्तुत गरिरहेका छन्।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा महामन्त्री थापाले कांग्रेसले आगामी दिन गर्नुपर्ने कामहरुको फेहरिस्त प्रस्तुत गरिरहेका छन्। 

उनले पार्टीलाई जनतासँग जोड्न पार्टी संवाद कार्यक्रम गर्नुपर्ने प्रस्ताव गरेका छन्।

हरेक महिना कुनै न कुनै विज्ञसँग कुरा गरौं,’ थापाको प्रस्ताव छ। 

उनले बौद्धिक नेता प्रदीप गिरि लगायतका नेताहरुको सम्झनामा विशेष संवाद कार्यक्रम गर्न पनि प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .