ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेटेपछि सीके राउत सरकारमा जान सकारात्मक

प्रधानमन्त्रीलाई भेटेपछि सीके राउत सरकारमा जान सकारात्मक

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार ११:७, काठमाडौँ

बजेटप्रति असन्तुष्ट जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ। 

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने अन्तिम तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै व्यवस्थापन राम्रो भए सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्। 

जनमतले कृषि वा उद्योग मन्त्रालय पाए उत्कृष्ट काम गर्ने दाबी गरेको छ। 

आइतबार बालुवाटार पुगेका सीकेलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।

बजेटप्रति रुष्ट जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। 

यही कुरा जानकारी गराउन प्रधानमन्त्री निवास पुगेका राउतलाई प्रधानमन्त्रीले समर्थन फिर्ता लिएर होइन, सरकारमै सहभागी भएर अघि बढ्न आग्रह गरेका हुन्। 

‘पीएम (प्रधानमन्त्री) ले सरकारमै राख्ने कुरा गर्नुभयो,’ भेटवार्तापछि राउतले नेपालखबरसँग भने, कसरी एडजस्ट गर्ने हो, गठबन्धनको बैठक राखेको छु, आजै केही समझदारी बनाउँछु भन्नुभयो।’ 

आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन।

‘गठबन्धनका केही नेता मानेका छैनन्, त्यही भएर हो, नत्र प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने पाएँ’, राउतले थपे।

जनमत सरकारमा सहभागी हुन पाए सरकारलाई दिएको समर्थन यथावत् राख्ने पक्षमा छ।

‘व्यवस्थापन राम्रो भयो भने सरकारमा सहभागी हुन ठीकै छ, काम गर्ने हो,’ राउतले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .