ad ad

राजनीति


संसद्ले बनाएको कानुनभन्दा बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुंगाना

संसद्ले बनाएको कानुनभन्दा बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुंगाना

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार १७:३, काठमाडौँ

पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन्।

६५औं संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको बताए। 

‘कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानून, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर,’ ढुंगानाले भने।

उनले संसद्ले यसबारेमा ध्यान दिन नसकेको बताउँदै उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको पनि बताए।

‘तर अहिले म सुन्दैछु, संसद्ले एउटा कानून बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको छ। त्यो हेर्ने को हो? तपाईहरू संसद्ले हेर्ने होइन। ल हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन। हुनेलाई कसरी मेरो सत्ता बचाउँ, नहुनेलाई सत्तामा जान हतारो। त्यो मात्रै छ।’

उनले संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए।

‘हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो। हामीले बनाएको कानूनलाई छल्ने गरी प्रशासनले जुन जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो,’ उनले भने, ‘त्यो हेर्ने को? हेरिरहनुभएको छ तपाईंहरूले। त्यो हेर्नुपर्छ। संसद्को कामै छैन, त्यो हेरिँदैन भने। संसद्को इच्छा बेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन। त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो। यहाँ प्रशासनले जे पनि गरिरहेको छ।’

पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए। उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .