ad ad

राजनीति


लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिवद्ध हुन सकेनन् : अग्नि सापकोटा

लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिवद्ध हुन सकेनन् : अग्नि सापकोटा

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार १७:२८, काठमाडौँ

पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताएका छन्।

६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीभित्र विचौलिया, माफिया मात्रै नभइ एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताए। 

‘कमिसन, अहिले विचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श, हामी कतातिर गइरहेका छौँ,’ सापकोटाले भने, ‘अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ।’

उनले लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको पनि बताए।

‘लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन। लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन। लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो,’ उनले भने।

उनले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिवद्ध हुन नसकेको बताए। ‘लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान सिद्धान्त हो। त्यसका लागि पार्टीहरु प्रतिवद्ध भएको मैले देखिनँ,’ उनले भने।

पूर्वसभामुख सापकोटाले कुनैपनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताए। उनले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .