ad ad

राजनीति


गगन थापा भन्छन्- हामी सरकारबाट बाहिरिनुपर्छ कि भनेर डराएका छौं

‘१० सिटको पार्टीलाई डेढ वर्ष प्रधानमन्त्री बनाउनुपर्ने अवस्थामा पुग्यौं’
गगन थापा भन्छन्- हामी सरकारबाट बाहिरिनुपर्छ कि भनेर डराएका छौं

फाइल तस्बिर


नेपालखबर
असार १६, २०८० शनिबार १४:३३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारबाट बाहिरिनुपर्ला कि भनेर आफ्नो पार्टी डराएको टिप्पणी गरेका छन्। शनिबार नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा रहँदा कांग्रेसले शर्त राख्नुपर्ने बताए।

अहिले नेकपा माओवादी केन्द्रसँग गठबन्धन रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो पनि रहने नरहने निश्चित नभएको बताए। 

‘चुनाव अघि तालमेल गर्दैनौं, तर चुनावपछि बहुमत नआउँदा कोही न कोहीसँग गठबन्धन गरेर सरकार बनाउनुपर्ने हुन्छ। हामी अहिले माओवादीसँग गठबन्धनमा छौं। भोलि यो रहला नरहला,’ थापाले अघि भने, ‘चुनाव पछि बहुमत नहुँदा गठबन्धन रहने भत्कने भइरहन्छन्। तर कांग्रेसको शर्त हुनुपर्यो।’

उनले अहिले कांग्रेस पार्टी डराएर १० सिटे पार्टीको नेतालाई डेढ वर्ष प्रधानमन्त्री बनाउने ठाउँमा पुगेको पनि बताए। 

‘सरकारमा टिक्नका लागि, जम्मा १० वटामात्र सिट जितेको पार्टीलाई, नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर, टाउकोमा राखेर बुइ चढाएर अनि त्यसपछि कांग्रेस अन्तिम पटक एक ढेड वर्ष प्रधानमन्त्री बन्ने किन?,’ उनले कारण खुलाउँदै भने, ‘किनभने हामीले अहिले मिलेर बनाएनौं भने उनीहरुले अर्कोसँग मिलेर सरकार बनाउँछन्। हामी डराएका छौं। बाहिर जानुपर्ला कि भनेर डराएका छौं।’

उनले विधिको शासनमा सम्झौता गरेर कांग्रेस सरकारमा बस्न नहुने तर्क गरे। 

‘नेपाली कांग्रेसले विधिको शासनमा सम्झौता गरेर सरकारमा जाँदैन, सरकार छाड्नुपरे छाड्छ भनेर कांग्रेसले लेख्नुपर्यो,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .