ad ad

राजनीति


देउवा, पाैडेल र सिटाैलाबीच यसरी जुट्याे सहमति

देउवा, पाैडेल र सिटाैलाबीच यसरी जुट्याे सहमति

नेपालखबर
पुस २७, २०७६ आइतबार १५:३४,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र हालै कार्यसमिति बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबिच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमती जुटेको छ।

आइतबार साँझ देउवा निवास बूढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच भएको भेटमा पार्टीमा देखिएका सबै खालका गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटेको कांग्रेसका केन्द्रीय सदस्य तथा देउवा निकट नेता रमेश लेखकले नेपालखबरलाइ जानकारी दिए।

उनले भने, 'तिनैजना नेताका बिचमा कांग्रेसमा देखिएको समस्या सहमतिकै आधारमा समाधान गर्ने सहमती बन्यो', उनले भने,'दुई घण्टा भएको छलफलले चाँडै समस्या समाधान गर्ने आधार भन्यो, भोली रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि दिल्ली जाँदै हुनुहुन्छ २/४ दिनमा उहाँ फर्केपछी सबै समस्या हल गर्ने सहमती बन्यो।'

१४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, भ्रातृ संस्था नेपाल तरुण दल र नेविसंघको म्याद थप लगायतको माग गर्दै कांग्रेसको मंसिर २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता पौडेल- सिटौला समूहले बहिस्कार गरेको थियो।

पौडेल समूहको बहिस्कारबीच पुस ११ गते देउवाले १४ औं महाधिवेशनको मिति २०७७ फागुन ७ देखि १०, पार्टी विभागको सङ्ख्या बढाएर ४७ पुर्‍याउने, तरुण दल र नेविसंघको म्याद ६ महिना थप गरेपछी पौडेल- सिटौला समूहले निर्णय खारेज गर्न माग गरेका थिए।

पौडेल समूहको पुस २१ गतेदेखी पार्टी कार्यालय सानेपामा भएको  जिल्ला सभापतिहरुकाे भेलाले पनि सहमतिका आधार हरेक निर्णय गर्न सभापति देउवालाई सुझाव दिएको थियो। तीनदिन बसेको भेला पछि जिल्ला सभापतिलाई देउवाले लन्च मिटिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .