कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक नाबालक र सात सुरक्षाकर्मीसहित आठजनाको ज्यान जाने गरी भएको नरसंहारका प्रमुख दोषी रेशम चौधरीलाई कानुनअनुसार नै माफी मिनाहाका लागि सिफारिस भएको सरकारले जनाएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डिल्ली बजार जेलमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रेशमको बाँकी सजाय माफी दिने निर्णय गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रष्टीकरण दिएकी हुन्।
‘रेशम चौधरीबारे बाहिर आएका विषयलाई सरकारले गम्भीरता रुपमा लिएको छ। हालै सर्वोच्च अदालतको जुन फैसला आएको छ, त्यसले उच्च अदालतको फैसलालाई सदर गरिसकेको छ। यसमा सर्वोच्चले थप निर्णय पनि गरेको छैन’, उनले भनिन्, ‘कानुनविदहरुसँगको राय सल्लाहमै यो निर्णय भएको हो। कानुनविदहरुको राय फरक फरक हुने नै भयो। तर हामीले अहिले कानुनभन्दा बाहिरबाट गएर निर्णय गरेका छैनौँ।’
Shares
प्रतिक्रिया