प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार साँझ संवैधानिक परिषद्को बैठकलगत्तै उनीहरूबीच सिंहदरबारमा केहीबेर छुट्टै भेटवार्ता भएको थियो।
छलफलमा भएको विषयबारे अध्यक्ष ओलीले खुलाउन चाहेनन्। संवैधानिक परिषद्को बैठकमा काम गरिएको उनले सञ्चारकर्मीलाई बताएका थिए।
त्यस्तै, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले प्रधानमन्त्रीले फिल्मको रिल तयार नगरिसकेको संक्षिप्त प्रतिक्रिया दिए।
फिल्मको बारेमा सोध्छु भन्नुभएको थियो, सोध्नुभयो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘अलिक रिल तयार छैन भन्नुहुन्छ। संवैधानिक परिषद्को बैठक थियो त्यसमा काम भयो।’
यसअघि प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइलहरू खोल्नका लागि कास्टिङ सुरु भएको र फिल्म चाँडै देखाउने बताएका थिए।
नक्कली शरणार्थी प्रकरणमा शीर्ष तहका नेताहरू नै तानिन थालेपछि ओलीले त्यसबारे चासो राख्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
Shares
प्रतिक्रिया