नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौँका मेयर बालेन्द्र शाहलाई नेपालको राजनीति अध्ययन गरेर मात्र बोल्न सुझाव दिएका छन्।
आज बिहान सुर्खेतमा पत्रकारले मेयर शाहले सबै नेतालाई ‘चोर’ भनेको विषयमा राखेको जिज्ञासामा पूर्वप्रधानमन्त्री नेपालले मेयर शाहलाई नेपालको राजनीतिको ज्ञान नभएको टिप्पणी गरेका हुन्।
‘उहाँलाई ज्ञान छैन, उहाँले नेपालको राजनीतिक कुरा बुझ्नु भाछैन, अध्ययन गर्नु भाछैन’, अध्यक्ष नेपालले भने, ‘अध्ययन गर्न भन्दिनूस्, आग्रहबाट नचल्नूस्, भन्दिनूस्।’
मेयर शाहले मंगलबार बेलुका नयाँ-पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैन भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
168
Shares
प्रतिक्रिया