इरानले आफ्ना कमान्डर कासिम सुलेमानीको बदला लिन इराकमा आक्रमण गर्ने सूचना दिएपनि कहाँ आक्रमण हुनेबारे इराकलाई थाहा नदिएको महदीको भनाइ छ।
इरानले मौखिक सूचना दिँदै सीमित स्थानमा आक्रमण हुने बताएपछि इरानले खतराबाट बच्न आवश्यक कदम चालेको महदीले बुधबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन्।
यसैबीच अरबको कुटनीतिक स्रोतले सीएनएनलाई जानकारी दिएअनुसार इरानले आक्रमण गर्नेबारे इराकलाई बताएपछि इराकी पक्षले अमेरिकालाई आक्रमण हुने सूचना दिएको थियो।
इरानले आक्रमण गर्दैछ भन्ने थाहा पाएपछि इराकस्थित अमेरिकी सेनाले सुरक्षाको तयारी गरेपछि कुनै मानवीय क्षति नभएको उक्त स्रोतले सीएनएनसँग बताएको छ।
यद्यपी आक्रमणमा ८० अमेरिकी सेना मरेको इरानको दाबी छ। अमेरिकाले इरानको दाबीलाई पुष्टि गरिसकेको छैन।
गतहप्ताको बिहीबार राति अमेरिकाले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरि हत्या गरेका थिए।
इरानले अमेरिकासँग बदला लिने बताउँदै मंगलबार अमेरिकी सेनलाई आतंकवादी घोषणा गरेको थियो।
महदी
बुधबार बिहानै अमेरिकाले इराकस्थित अमेरिकी दुई सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
विज्ञप्तीमा इराकी महदीले इरानी आक्रमणको निन्दा गर्दै भनेका छन्,‘इराकले इरानी आक्रमणको निन्दा गर्दछ। इरानले हाम्रो सार्वभौमिकतालाई कुल्चदै हाम्रा भूमिमा आक्रमण गरेको छ। हामी यस्ता आक्रमणलाई स्वीकार्दैनौं।’
यसअघि अमेरिकाले इराकस्थित हिज्बुल्लाहको लडाकु शिविरमा आक्रमण गर्दा समेत इराकले आफ्नो सार्वभौमिकतामा खलल पुगेको बताएको थियो।
प्रतिक्रिया