राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेका छन्।
उनी सरकारका तर्फबाट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न केहीबेरअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन्।
अक्सिजनको मात्रा कम भएपछि राष्ट्रपतिलाई मंगलबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्यमा अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ।
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
हिजो (सोमबार)पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए।
348
Shares
प्रतिक्रिया