निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न निर्देशन दिएको छ।
मंगलबार सूचना प्रकाशित गरी आयोगले हेलिकोप्टर प्रयोग नगर्न भनेको हो।
आगामी वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू जारी छ।
निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन पनि आयोगले सूचित गरेको छ।
3
Shares
प्रतिक्रिया