ad ad

राजनीति


फोहोरलाई देखाएर राजनीति नगराैं : शहरी विकास मन्त्री गुरुङ

फोहोरलाई देखाएर राजनीति नगराैं : शहरी विकास मन्त्री गुरुङ

नेपालखबर
चैत २७, २०७९ सोमबार १८:१६, काठमाडौँ

शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छिन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन्। 

उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन्। 

उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन्। 

उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने पनि बताएकी छिन्।

‘हामीले समन्वयकारी भुमिका निर्वाह गर्ने कुरामा कुनैपनि कन्ज्युस्याँइ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो,’ उनले भनिन्, ‘हिजो मात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडी बढ्ने भनेका छौँ। फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागि परेका छौँ।’

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .