जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
लोकतान्त्रिक समाजवादीनिकट लोकतान्त्रिक विद्याथी संघकोतर्फबाट प्रशान्त झा,नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, ५ दलीय गठबन्धनको संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपानिकटका विद्यार्थी संगठन छन्।
त्यस्तै जनमत पार्टीनिकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन्।
Shares
प्रतिक्रिया