नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताएका छन्।
त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रोकिएको भ्रमणबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। यसबारे पनि आजको बैठकमा छलफल हुनेछ।
15
Shares
प्रतिक्रिया