नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल-भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा सबै सहयोग गर्न लागि परेकोसमेत स्पष्ट पारे।
उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताए।
राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध जनस्तरमै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए।
‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ। त्यो भन्दा बढी जनस्तरको सम्बन्ध छ। भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो', उनले भने, 'मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ। किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो। यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो।’
राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनामा थप सहयोग अभिवृद्धि गर्ने दिशामा सक्दो पहल गर्ने बताए।
Shares
प्रतिक्रिया