ad ad

राजनीति


राजीनामा दिन तयार भएर बसेकी छुः उपसभामुख तुम्बाहाङ्फे

राजीनामा दिन तयार भएर बसेकी छुः उपसभामुख तुम्बाहाङ्फे

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १२:४५,

प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आफू राजीनामा दिन तयार रहेको बताएकी छन्।

यसअघि सभामुखमा आफ्नो दाबी रहेको बताउँदै आएकी तम्बाहाङ्फेले सो अडान छाड्दै राजीनामाका लागि तयार भएको बताएकी हुन्। नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच सहमति हुँदासाथ आफूले राजीनामा दिने उनको भनाइ छ।

बिहीबार नै राजीनामाको तयारी भए पनि ओली र प्रचण्डबीच कुनै सल्लाह नभएपछि पार्टीको निर्णय पर्खेर मात्र नदिएको उनको भनाई उधृत गर्दै उनको सचिवालयले जनाएको छ।
‘सभामुख चयनमा म बाधक छैन। राजीनामा दिन तयार भएर बसेको छु’, तुम्बाहाङ्फेको भनाई उधृत गर्दै उनको सचिवालयले भन्यो’, आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन।’

सभामुख रिक्त भएको तीन महिना वित्न लागेको र सभामुखको टुंगो नलागी उपसभामुखले पनि छाड्दा समस्या पर्ने देखेर आफूले राजीनामा नदिएको उनको भनाई छ।

सभामुख चयनमा सहमति नहुँदा संसदको शुक्रबार बोलाइको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। अर्काे बैठक पुस १६ गतेलाई बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .