नेपालका लागि नयाँ चिनियाँ राजदूत छ्न सोङ आइतबार विहान काठमाडौं आइपुग्ने भएका छ्न्।
परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गर्नेछ्न्।
सोङ गत डिसेम्बर २७ मा नेपाल आउने तय भएपनि कोरोनाका कारण आउन सकेका थिएनन्।
सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ हुन्। उनी यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए।
चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ् फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको हो।
75
Shares
प्रतिक्रिया