नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले कपिलवस्तुका सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन्।
सभापति शेरबहादुर देउवालाई पत्र बुझाएर जिल्ला सभापति कलाममाथि कारबाहीको माग गरेका हुन्।
कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शाहले जिल्ला सभापति कलामसँगै अन्य ११ जना नेतामाथि पनि कारबाही गर्न माग गरेका छन्।
उनले जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोखरेललाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेका छन्।
पत्रमा कपिलवस्तु–३ ‘ख’ प्रदेशसभाका उम्मेदवार विरेन्द्रकुमार कनौडिया, शिवराज नगरपालिकाका नगर सभापति मधु पोखरेललगायतको नाम पनि उल्लेख छ।
२०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन्।
यसअघि क्षेत्रीय समितिले नेता शाहलाई कारबाहीका लागि सिफारिस गरेको थियो। कांग्रेस क्षेत्र नं। ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ।
Shares
प्रतिक्रिया