सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
‘संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई नकार्न सकिदैन,’ सरकारका प्रवक्ता कार्कीले भने।
यद्यपि, उनले कांग्रेस संसदीय दलको नेता छिट्टै चुन्ने प्रक्रिया सुरु हुने पनि बताए।
सत्ता गठबन्धनलाई जनताले अनुमोदन गरेको भन्दै कार्कीले गठबन्धनको नेतृत्वमा आगामी सरकार बन्ने पनि बताए। उनले संसदमा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे।
57
Shares
प्रतिक्रिया