टाटा मोटर्सले नेक्सन इभी रेञ्ज टेस्ट २०२२ आयोजना गरेको छ। टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङले शनिबार उक्त कार्यक्रम गरेको हो।
कम्पनीले आफ्ना ग्रहाकलाई र्यालिमा सहभागी गराएको थियो। सिप्रद्धिको नैकाप कार्यालयबाट कलंकी, बल्खु, एकान्तकुना, जाउलाखेल, दरबारमार्ग, महाराजगंज हुँदै हायत रिजेन्सीसम्म पुगेको थियो।
विद्युतीय गाडीमा ड्राइभिङ अनुशासन, चालकको सिप परिक्षण समेत गरेको थियो। जसका सालिम श्रेष्ठ विजयी भएका छन्। उनले ३४७ किलोमिटरको रेञ्चमा गाडी कुदाउन सफल भएका हुन्।
विद्युतीय गाडीको व्याट्री कति टिक्छ भन्ने ड्राइभिङमा भर पर्ने श्रेष्ठ बताउँछन्। उनले बारम्बार ब्रेक लगाउँदा गाडीको गाडीको रेञ्ज घट्ने बताए।
पहिलो हुनेले ८७ वाटाआवर प्रति किलोमिटरमा गाडी कुदाएकोमा दोस्रो हुनेले ९१ वाटआवर प्रतिकिलोमिटर ब्याट्री खपत गरेका थिए। तेस्रो हुनेले ९४ वाटआवर प्रतिकिमी खपत गरेका थिए।
पहिलो हुनेलाई सामसुङको टेलिभिजन, दोस्रो हुनेलाई ओभन र तेस्रो हुनेलाई भ्याकुम क्लिनर वितरणसमेत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रद्धि ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा विद्युतीय पूर्वधारको तयारीपछि मात्रै नेक्सन इभी भित्राएको बताए।
उनले भारतमा लञ्च भएको लामो तयारीपछि मात्रै भित्राएकाेले नेक्सन इभीले नेपालमा सफलता पाएको बताएका छन्।
‘विद्युतीय गाडी मात्रै भित्राएर हुँदैन। संगसंगै पूर्वधारपनि आवश्यक पर्छ,’ कार्यक्रममा सिइओ श्रेष्ठले भने,‘१९ वटा फास्ट चार्जिङ स्टेसन स्थापना गरेका छौं। सर्भिस सेन्टरमा कर्मचारीलाई तालिम दिएका छौं।’
उनले अहिलेसम्म कमर्सिलय भेहिकल भन्दा प्यासेन्जर भेहिकलमा विद्युतीय गाडीलाई प्राथमिकता दिन सक्ने अवस्था रहेको बताए। उनले शुरुमा विद्युतीय गाडी खरिद गर्ने ग्रहाकले दोस्रो गाडीको रुपमा किनेपनि अहिले विद्युतीय गाडी पहिलो प्राथमिकता हुन लागेको बताए।
१८०० नेक्सन ईभी विक्री गरिसकेको छ। पहिला गाडी बुक गरेको ६ महिनासम्म कुनुृपर्ने अवस्था रहेकोमा अब १ महिनामा दिन सक्ने अवस्था रहेको टाटाले जनाएको छ।
Shares
प्रतिक्रिया