नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ।
बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसंगै द भ्वाइस अफ नेपालको यो शृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिनेछ। नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए।
प्रतिक्रिया