प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावलाई नवनिर्वाचित आगामी प्रतिनिधिसभाले अगाडि बढाउने बताएका छन्।
संसदका महासचिव डा भरतराज गौतमले महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राणालाई ‘क्लिन चिट’ दिएको समाचार बाहिरिएपछि सापकोटाले उपरोक्त प्रतिक्रिया दिएका हुन्।
राणाले आफूले ‘क्लन चिट’ पाएको बताउँदै आफू सर्वाेच्च अदालत जाने दाबी गरिसकेका छन्।
‘क्लिन चिट दिएको भन्ने कुरा तपाईंहरुबाट पहिलो पटक सुन्दै छु’, सापकोटाले नेपालखबरसँगको संक्षिप्त कुराकानीमा भने, ‘यदि यसो गरिएकै हो भने त्यो गलत हो, यसो गर्न मिल्दैन।’
संसदीय छानबिन समितिले राणाविरुद्ध छानबिन सकेर प्रतिवेदन संसद् सचिवालयलाई बुझाए पनि प्रतिनिधिसभाको कार्यकाल सकिएकाले प्रतिनिधिसभाले थप निर्णय गर्न सकेको थिएन।
त्यसैले, १ असोजमा सभामुख सापकोटाले राणाविरुद्धको महाभियोग प्रस्तावबारे आम निर्वाचन–२०७९ पछि निर्वाचित हुने प्रतिनिधि सभाले निर्णय गर्ने गरी फाइल अघि बढाएका थिए।
तर, आम निर्वाचन– २०७९ को अन्तिम मत परिणाम सार्वजनिक भएर निर्वाचित प्रतिनिधि सभाले पूर्णता पाउन लाग्दै गर्दा महासचिव गौतमले अकस्मात राणालाई ‘क्लिन चिट’ दिएपछि यसले राजनीतिक–कानुनी विवाद सिर्जना हुने देखिएको छ।
Shares
प्रतिक्रिया