अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही फेला परेका छन्।
शाही कालिकाेटकाे शुभकालिका गाउँपालिका जंगलमा भेटिएका प्रहरीले जनाएकाे छ। कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जाेशीले घटनाकाे पुष्टि गरेका छन्। उनका अनुसार थकित अवस्थामा रहेका अध्यक्षलाई फर्काउने काम भईरहेकाे छ।
अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको छ। विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन्। शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो।
याे पनि : गाउँपालिका अध्यक्षका दम्पति मध्यराति विप्लव समूहको अपहरणमा
3
Shares
प्रतिक्रिया