नयाँदिल्लीस्थित नेपाल मामिलाका जानकार एसडी मुनीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अबको प्रधानमन्त्रीमा आफ्नो दाबी फिर्ता लिनसक्ने बताएका छन्।
नेपालमा भइरहेको स्थापित नेतृत्वको विरोध र पार्टीभित्रैबाट देउवामाथि भइरहेको चुनौतीका कारण देउवाले प्रधानमन्त्रीमा दाबी नगर्ने उनको आकलन छ।
जवाहरलाल नेहरु विश्व विद्यालयका प्राध्यापक डा. मुनीले शुक्रबार ट्वीवटमा भनेका छन् ‘नेपालमा स्थापित नेतृत्वको राष्ट्रियरुपमै विरोध भइरहेको छ। त्यस्तै कांग्रेसभित्र देउवाको नेतृत्वलाई बढ्दो चुनौती छ। त्यसकारण देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन्छन् भन्ने लाग्छ।’
3.2k
Shares
प्रतिक्रिया