सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले दोब्बरभन्दा धेरै मतको अग्रता बनाएका छन्।
पछिल्लो मत मरिणाम अनुसार राउतले १०२० मतसहित फराकिलो अग्रता बनाएका छन्।
नेकपा एमालेको सहयोग लिएर चुनावी मैदानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यहाँ दोब्बरभन्दा धेरै मतले पछि परेका छन्।
त्यहाँ उनले ४५२ मत ल्यएका छन्। यहाँ राउत र यादवबीच ५६८ मतको अन्तर देखिएको छ।
त्यस्तै अहिले यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। उनलाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ छ।
204
Shares
प्रतिक्रिया