प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला डाइलासिसका लागि अस्पताल पुगेका छन्।
बिहीबार दिउँसो डायलासिसका लागि प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा महाराजगन्ज पुगेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अहिले प्रधानमन्त्रीको डायलासिस जारी रहेको जानकारी दिए।
१२ वर्षअघि भारतको एपोलो अस्तालमा मिगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि निरन्तर रुपमा डायलासिस गराउँदै आएका छन्।
प्रतिक्रिया