ललितपुरको जाउलाखेलमा रहेको डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले आफ्नो २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालस्थित भारतीय राजदूताबासका डेप्युटी चिफ अफ मिसन डा. अजय कुमारले नर्सरीदेखि १२ कक्षा सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरे।
यस्तै, विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीहरुको लागि विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव प्रदर्शन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो।
प्रतिक्रिया