मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका तीन कम्युनिस्ट पार्टीले यससम्बन्धी अभियान सञ्चालन गर्ने भएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कटेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी र आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्।
चुनाव बहिष्कार/खारेजीसम्बन्धी कार्यक्रम र अपिलबारे यही कात्तिक १९ गते पत्रकार सम्मेलन गरी जानकारी गराइने ती पार्टीले जनाएका छन्।
हेर्नुहाेस् विज्ञप्ति
33
Shares
प्रतिक्रिया