ad ad

राजनीति


चार दिनका लागि आज झापा जाँदै ओली, भद्रपुरमा एमाले–राप्रपाको संयुक्त भेला

चार दिनका लागि आज झापा जाँदै ओली, भद्रपुरमा एमाले–राप्रपाको संयुक्त भेला

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ९:४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचार अभियानका क्रममा चार दिनका लागि आज झापा जाँदै छन्। 

ओलीको सचिवालयका अनुसार भद्रपुरसहित अध्यक्ष ओली १३ वटा स्थानीय स्तरका भेला र भेटघाटमा सहभागी हुनेछन्। 

आज दिउँसो २ बजे भद्रपुर अवतरण गरेर त्यहाँ आयोजना हुने एमाले र राप्रपाको संयुक्त भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। स्थानीय सीटी गार्डेन होटलमा आयोजना हुने कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

यस्तै उनले आजै अपराह्न ४ बजे क्याम्पस मोडमा दमक वडा नं ५, ८ र ९ तथा ५ बजे दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरूसँग भेटघाट गर्नेछन्। 

यसैगरी ओलीले क्रमशः झापाका विभिन्न स्थानमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .