ad ad

राजनीति


एकीकृत समाजवादी : माधव नेपाल रौतहट फर्किए, अन्य क्षेत्रमा कसलाई टिकट?

एकीकृत समाजवादी : माधव नेपाल रौतहट फर्किए, अन्य क्षेत्रमा कसलाई टिकट?

फाइल फोटो


नेपालखबर
असोज २२, २०७९ शनिबार ०:३४, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनका लागि सत्ता गठबन्धनबाट १९ सिट पाएको छ।

जसमा अध्यक्ष नेपाल रौतहट १ बाट उठ्ने छन् भने सम्मानित नेता झलनाथ खनाल पुरानै इलाम १ बाट उठ्ने तय भएको छ।

माधव नेपालले २०७४ मा एमालेबाट जितेको काठमाडौं २ भने समाजवादीले छाडेको छ। त्यहाँ सम्भवतः माओवादीले उम्मेदवार उठाउने छ।

समाजवादी नेतृ रामकुमारी झाँक्री गुल्मी २ बाट उठ्ने छिन्।सल्यानबाट प्रकाश ज्वालाले टिकट पाएका छन्।

कुन क्षेत्रबाट को?

१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल 
२. उदयपुर क्षेत्र न. २ - जगनाथ खतिवडा 
३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल 
४. बारा क्षेत्र न. ४ - किसान श्रेष्ठ 
५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ 
६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन 
७. धादिङ क्षेत्र न. १ - राजेन्द्र पाण्डे
८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा 
९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल /शिवजी गुरुङ 
१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री 
११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे 
१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ 
१३. दाङ क्षेत्र न. १ - मेटमणी चौधरी 
१४. सल्यान - प्रकाश ज्वाला 
१५. डोल्पा - धन बहादुर बुढा
१६. दैलेख क्षेत्र न. १ - अम्बर बहादुर थापा 
१७. अछाम क्षेत्र न. १ - शेर बहादुर कुवँर 
१८. बझाङ - भानुभक्त जोशी 
१९. डोटी - प्रेमबहादुर आले

प्रदेश सभा 

प्रदेश १ : 
ताप्लेजुङ १, पाँचथर १, इलाम १, झापा २(क), संखुवासभा (ख), भोजपुर (क), धनकुटा (क), मोरङ १ (ख), मोरङ ३ (ख), सुनसरी १(ख) र खटाङ (क)

मधेस प्रदेश : 
सप्तरी ४ (क), सिराहा १ (ख), सिराहा २ (ख), सिराह ३ (क), धनुषा ४ (ख), महोत्तरी २ (क), सर्लाही १ (ख), सर्लाही ३ (क) रौतहट १ (क) र रौतहट ३ (क)

बागमती प्रदेश :
नुवाकोट २ (क), काठमाडौं १० (ख), काठमाडौं २ (ख), काठमाडौं ४ (ख), काठमाडौं ५ (ख), काठमाडौं ६ (ख), काठमाडौं ७ (क), भक्तपुर २ (ख), ललितपुर २ (क), काभ्रे २ (क), र चितवन १ (ख)

गण्डकी प्रदेश : स्याङ्जा २ (क), नवलपरासी २ (ख)

लुम्बिनी प्रदेश : छलफल जारी 

कर्णाली प्रदेश : मुगु (क), जुम्ला (ख)

सुदूरपश्चिम प्रदेश : बाजुरा (ख), अछाम २ (ख), कैलाली ३ (ख), कैलाली ४ (क), कन्चनपुर २ (ख) छलफल जारी, कन्चनपुर ३ (क) छलफल जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .