नेकपा माओवादी केन्द्र निकट वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले उपाध्यक्षजस्तो काम गरिरहेको आरोप लगाएका छन्।
आइतबार सुर्खेतमा कर्णाली प्रदेशस्तरीय वाईसियल बैठकलाई सम्बोधन गर्दे उनले सो आरोप लगाए।
‘विद्या भण्डारी राष्ट्रपति होइन, एमाले उपाध्यक्षको भूमिका निभाइरहेकी छिन्’, सापकोटाले भने, ‘अब राष्ट्रपति मानिराख्नुपर्दैन।’
उनले नागरिकता विधेयक राष्ट्रघाती नभएको दाबी गरे ।
‘नागरिकता विधेयक राष्ट्रघाती छैन र यो अंगीकृत पनि होइन, यो बाउआमा नभएकाहरूबारे हो, जन्मका आधारमा नागरिक नपाएकाहरुका लागि हो’, सापकोटाले थपे ।
एमाले अध्यक्ष ओली पराजित मानसिकताले चिच्याइरहेको उनको भनाइ छ।
‘एमालेले अन्यत्र बिग्रिएका मानिसहरू प्रवेश गराएर मदन भण्डारीमाथि मज्जाक गरिरहेको छ,’ सापकोटाले भने।
अहिले देशभर स्मार्ट वाइसियल चाहिएको उनले बताए।
‘कर्णालीमा अर्गानिक कर्णालीमा अर्गानिक माओवादी र वाईसीएल छ । यसले देशकै नेतृत्व गरोस्, कोही भाला खुकुरी बोकेर आए वाईसीएल चुप बस्दैन।’
Shares
प्रतिक्रिया