ad ad

राजनीति


समानुपातिकमा समावेशी नेतृत्वको वकालत गर्दै प्रदर्शन

समानुपातिकमा समावेशी नेतृत्वको वकालत गर्दै प्रदर्शन

नेपालखबर
असोज २, २०७९ आइतबार १४:१८, काठमाडौँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चितताका लागि महिला अधिकारका क्षेत्रमा वकालत गर्दै आएका संघसंस्थाहरुले प्रदर्शन गरेका छन्।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाललगायतका महिलावादी संघसंस्थाहरुले मंसिर ४ मा हुन गइरहेको प्रादेशिक र संघीय निर्वाचनमा महिलाको समान उम्मेदवारीको माग गर्दै आइतबार प्रदर्शन गरेका हुन्।

‘महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकारःसमाज रुपान्तरणको आधार’ अभियानमा ऐक्यवद्धता जनाएका सञ्जाल, संघसंस्थाहरुले आशन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक दलहरुलाई दबाब दिने उदेश्यले प्रदर्शन गरिएको ओरेकले जनाएको छ। 

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभा सम्बोधन गर्दै ओरेक नेपालका अध्यक्ष डा. रेणु अधिकारीले जनसंख्याका आधारमा सदनमा महिलाकोस हभागिता हुनपर्ने बताइन्।

उनले निर्वाचनमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्नका लागि उम्मेदवारी दर्तादेखि नै ध्यान पुर्याउन दलहरुको ध्यानाकर्षण गराइन्। 

मुलुकमा भएका सबै परिवर्तनमा महिलाको पनि समान सहभागिता रहेको स्मरण गराउँदै डा. अधिकारीले देशको सबैभन्दा बढी मतदाताको रुपमा रहेका महिलालाई पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा समान सहभागिता गराउन माग गरिन्।

संविधानले दिएका अधिकार प्राप्त गर्नका लागि महिलाहरु संघर्षमा उत्रिन सक्नेसमेत उनको चेतावनी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .