महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पूरक बयान सकिएको छ।
संसदको महाभियोग सिफारिस समितिले उनीसँग ४३ प्रश्न सोधेर पूरक बयान समेत लिएको हो।
पूरक बयान सकिएसँगै आजै दिउँसो ३ बजे समितिको अर्को बैठक बस्ने भएको छ।
यसअघि समितिले जबराले आरोप लगाएका ७ जना वकिलसँग समितिले गत बिहीबार बयान लिएको थियो। यस्तै उनले लाञ्छना लगाएका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू गएनन्।
18
Shares
प्रतिक्रिया