चलचित्र निर्देशक मीनबहादुर भाम प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्। कांग्रेसले भामलाई पिछडिएको क्षेत्र र खस आर्य तर्फबाट सिफारिस गरेको हो।
मुगुको छायाँनाथ रारा नगरपालिका ४ बाट आफू समानुपातिक उम्मेदवारमा सिफारिस भएको भामले जानकारी दिएका छन्। आफू २०५० सालबाटै राजनीतिमा सक्रिय रहेको पनि उनले बताएका छन्।
२०५०–२०५३ सालसम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भामले २०५४ देखि २०५६ सम्म नेविसंघको जिल्ला सचिव भएर काम गरेका थिए।
उनी २०७७–२०७८ मा कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय समिति सदस्यसमेत भए। राजनीतिशास्त्र र बौद्ध धर्ममा स्नातकोत्तर भाम फिल्म निर्देशकका साथै सहप्राध्यापक पनि हुन्। उनले निर्देशन गरेको ‘कालोपोथी’ले भेनिसमा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। भाम नयाँ फिल्म ‘चिसो वर्ष’को तयारीमा छन्।
Shares
प्रतिक्रिया