ad ad

राजनीति


ट्रम्पले जापान अगाडि कोरियाको भ्रमण गर्ने

ट्रम्पले जापान अगाडि कोरियाको भ्रमण गर्ने

सिन्ह्वा
असार ९, २०७६ सोमबार ९:९,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएको छ।

दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको हो।

ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्ने बताएका छन्।

सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्नेछन्।

यस भेटवार्ताको क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिएका छन्।

मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ। यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो।

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गरेका थिए। दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउने छन्।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .