ad ad

राजनीति


देउवालाई प्रकाशचन्द्र लोहनीको व्यंग्य : अब खेतमा पसेर धानलाई यति फल्नु भनेर निर्देशन दिनू

देउवालाई प्रकाशचन्द्र लोहनीको व्यंग्य : अब खेतमा पसेर धानलाई यति फल्नु भनेर निर्देशन दिनू

नेपालखबर
साउन १८, २०७९ बुधबार १३:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ६ महिनाभित्र फलफूल र एक वर्षभित्र धानमा आत्मनिर्भर हुने गरी काम गर्न दिएको निर्देशनमाथि व्यंग्य गरेका छन्। 

देउवाले मंगलबार संघीय मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको उक्त निर्देशन हावादारी भन्दै लोहनी व्यंग्य कसेका हुन्। 

लोहनीले प्रधानमन्त्री देउवाको फरमान सुनेर आफूलाई ११ औँ शताब्दीका राजा कनुयतको याद आएको बताएका छन्। 

'देउवाको निर्देशन सुनेर  मलाई ११औँ  शताब्दीका  राजा  कनुयत को याद आयो। कनुयतले देशको समुद्रको किनारमा रहेको गद्धीको सुरक्षाका लागि अनौठो निर्देशन दिएको प्रसंग उनले यहाँ जोडेका छन्। 

'ती राजाले समुद्रको किनारमा गएर छाललाई पछाडि जानु भनेर हुकुम गरेछन्। त्यस्तै हाम्रा प्रधानमन्त्रीले एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनु भनेर हुकुम गर्नु भएछ', लोहनीले भनेका छन्,  'यस्तो हुकुम ठोक्ने मान्छेले समयमा मल दिन नसक्ने, लक्ष्यअनुसार सिँचाइ दिन नसक्ने, किसानको नाममा आफ्नो कार्यकर्तालाई  पोस्ने र प्रश्न सोध्न नसक्ने  कर्मचारीलाई  बेतुकको निर्देशन दिने।'

उनले देउवालाई यस्ता बेतुकका निर्देशन दिनुको साटो अब खेतमै गएर धानलाई अर्को साल यति फल्नु भनेर आदेश दिन भन्दै व्यंग्य कसेका छन्। 

'प्रधानमन्त्रीलाई मेरो सल्लाह छ, यस्ता बेतुकका निर्देशन दिनु सट्टा अब  खेत अगाडि गएर राजा कनुयत जस्तै धानलाई अर्को वर्ष यति फाल्नु भनेर निर्देशन दिए  कसो होला?', उनले सोधेका छन्, ' इतिहासले यसलाई महान अग्रगामी कदम भन्न सक्ने छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .