ad ad

राजनीति


शाहीले लिए गण्डकी प्रदेश सभासदको सपथ

शाहीले लिए गण्डकी प्रदेश सभासदको सपथ

वाशुदेव मिश्र
मंसिर १९, २०७६ बिहिबार १२:२६,

बागलुङ क्षेत्र नम्बर २‘ख’बाट गण्डकी प्रदेश सभासद बनेका खिमविक्रम शाहीले विहीबार प्रदेशसभाको सपथ लिएका छन्। उनलाई सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

अघिल्लो चुनावमा निसीखोला गाउँपालिका अध्यक्षमा चुनाव उठे पनि पराजीत बनेका उनी यसपटक वाम गठबन्धनको तर्फबाट उपनिर्वाचनमा होमिए र कांग्रेसका जीतबहादुर सेरचनालाई हराउँदै प्रदेश सभासद बनेका हुन्। त्यो बेला उनी कांग्रेसका उम्मेदवार तारानाथ पौडेलसँग ७ सय मतले हारेका थिए।

मंसिर १४ गते भएको उपनिर्वाचनमा उनले ११ हजार २ सय ३५ मत ल्याए भने सेरचनले ९ हजार १ सय ३८ मत पाए। समग्रमा शाही २ हजार ९७ मतले निकटत्म प्रतिद्धन्द्धीलाई पराजीत गर्दै प्रदेश सभासद बनेका हुन्। 

प्रदेशसभा सदस्य बनेपछि अब उनको जिम्मेवारी फेरिएको छ। संघीयताको विरोध गर्ने पार्टीको नीति तथा वामगठबन्धनको सदस्यको रुपमा उनको दोहोरो भूमिका त छँदैछ, सभासदको रुपमा नीति निर्माणमा पनि उनले आफूलाई अब्बल सावित गर्नुपर्ने छ।

जीतपछि उनले नीति निर्माण र जनताको समस्या सम्वोधन गर्न आफूले प्रभावकारी भूमिका निभाउने बताए। बागलुङको सो निर्वाचन क्षेत्रबाट यसअघि उनकै पार्टीका टेकबहादुर घर्ती सभासद थिए। उनको गतवर्षको मंसिर २७ गते निधन भएपछि सो निर्वाचन क्षेत्र खालि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .