नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुहरुले रिपोर्टिङ गरेका छन्।
प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रदेश समिति अध्यक्षहरुले स्थानीय तह निर्वाचनको गठबन्धन सफल नभएको बताएका हुन्।
माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले स्थानीय तह निर्वाचनमा कांग्रेससहितको गठबन्धन सफल नभएको निष्कर्ष सुनाए।
'हाम्रो प्रदेशमा २५ अध्यक्ष र प्रमुख निर्वाचित भए। १८ उपाध्यक्ष र उपप्रमख निर्वाचित भए', उनले भने, 'गठबन्धन अपेक्षाअनुसार सफल भएन। माओवादीको प्रभाव क्षेत्रमा कांग्रेस, एमाले एक भएर लडे।'
उनले नवलपरासी, पाल्पा लगायत जिल्लामा पार्टीमै अन्तर्विरोध देखिएको बताए। 'यसको समीक्षा गर्न आवश्यक छ', उनले भने।
उनले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदै टिके भ्रातृसंगठन नबनाउन आग्रह गरे।
'टिके अखिल क्रान्तिकारी, वाइसीएल नबनाऊँ । यिनले कामै गर्न सक्दैनन्', उनले भने, 'यस्तो अवस्थामा पार्टीलाई पहिलो बनाउन सकिँदैन। यो तीतो सत्य हो।'
Shares
प्रतिक्रिया