ad ad

राजनीति


प्रचण्डलाई गायत्रीले भनिन् : केन्द्रीय सदस्य गोजीबाट ल्याउनु भयो, यसरी त आन्दोलन उठ्दैन

प्रचण्डलाई गायत्रीले भनिन् : केन्द्रीय सदस्य गोजीबाट ल्याउनु भयो, यसरी त आन्दोलन उठ्दैन

फाइल फोटो


नेपालखबर
असार १९, २०७९ आइतबार १४:३०, काठमाडौँ


नेकपा मा‌ओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरुहरुले रिपोर्टिङ गरेका छन्। 

प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा प्रदेश समिति अध्यक्षहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि प्रश्न उठाएका छन्। 

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले पार्टीले आन्तरिक व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय तह निर्वाचनमा क्षति ब्यहोरेको बताएकी छन्। 

'निर्वाचनमा पार्टी सफलता नहुनुमा आन्तरिक व्यवस्थापन गर्न नसक्नु  पनि हो', उनले भनिन्, 'त्यससँगै हामीलाई कांग्रेसबाट मत नआउँदा समस्या भयो। त्यहीकारण माओवादी उम्मेदवारहरू धेरै ठाउँमा हार्न पुगे।' 

गुरुङले नेताहरुमा व्यक्तिवादी चरित्र हाबी हुँदै गएको पनि गुनासो गरेकी छन्।

'अब हामीले माओवादी आन्दोलनलाई कसरी जीवन्त राख्ने? त्यो चुनौती छ', उनले थपिन्, 'गण्डकीका माओवादी नेताहरूमा अराजकता पनि देखिएको छ।'

उनले अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्य पनि उनको गोजीबाट छानेको टिप्पणी गरिन्। 

'केन्द्रीय सदस्य गोजीबाट ल्याउनुभयो', उनले प्रचण्डलाई लक्षित गर्दै भनिन्, 'त्यसो गर्दा समस्या हुन्छ। यस्तो अवस्थामा आन्दोलन उठ्छ कि उठ्दैन? मनन गर्ने बेला भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .