नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले प्रदेश सहयोग कार्यक्रम सोचे अनुसार अगाडि बढ्न नसकेको बतएकी छन्।
उनले कोभिड लगायतका कारणले कार्यक्रमले सोचेअनुसार गति नलिएको बताइन्।
राजदूत क्याप्लरले स्वीस सरकारको तर्फबाट नेपालका सात प्रदेशमध्ये सबैभन्दा ठूलो कार्यक्रम प्रदेश नं. १ मा सञ्चालन गरेको बताइन्। उनले प्रदेश नं. १ मा सहयोगको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि जारी राख्ने स्पष्ट पारिन्।
सरकारको आफ्नै आवश्यकता र डिजाइन अनुरुपको कार्यक्रममा सहयोग केन्द्रित गरिएको बताइन्।
कार्यक्रमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्विजरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको बताए।
स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई आज सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्विजरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए।
उनले संघीय प्रणालीलाई बलियो बनाउनेगरी स्वीस सरकारको सहयोग कार्यक्रम केन्द्रित भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
मुख्यमन्त्री राईले प्रदेश सहयोग कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकार र उक्त सरकारका नेपालस्थित राजदूत राजदूत एलिजावेथ भोन क्याप्लरको भूमिकाको प्रशंसा गरे।
Shares
प्रतिक्रिया