प्रदेश १ सभाका सांसदहरुले किसानको समस्या समाधानमा सरकार उदासीन भएको आरोप लगाएका छन्।
प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्ने सांसदहरुले प्रदेशमा मलको समस्या हुँदा पनि मलको आपूर्ति गर्न सरकारले नसकेको बताए।
झापाका प्रदेश सभा सदस्य हिराकुमार थापाले किसानले मल पाउन नसकेको बताए।
उनले भने, –‘सरकार किसानले मल कहिले पाउँछन्? किसानले मल नपाउँदा हामीलाई गाउँ बस्न गाह्रो भयो।’
उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सरकार हामीले किसानलाई के भनेर जवाफ दिने? मलको बारेमा किसानले प्रश्न गर्दा जनप्रतिनिधिको रुपमा गाउँमा जाँदा किसानलाई जवाफ दिने कुनै आधार नै नभएको उनले बताए। सदनमा बोल्दै उनले तत्काल मल बीउको व्यवस्था गर्न उनले सरकारलाई आग्रह गरे।
‘धानको बिउ राख्ने बेला अबको केही दिन भित्रमा धान रोपाई शुरु हुँदैछ, किसानले मल बीउ पाउन सकेका छैनन्’ उनले भने, ‘यो सरकारले हामीलाई कहिले मल ल्याएर दिन्छ भनेर जनताले सोध्छन् हामीले के भनेर जवाफ दिनु? निरीह किसानले कहिले राहत पाउँछन्? म सरकारको जवाफ चाहन्छु।’
Shares
प्रतिक्रिया