रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा मनोनयन दर्ता गराएको छ।
आइतवार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरका उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठ उम्मेदवारी दर्ता गराएका हुन्।
श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उठेका थिए।
विवेकशील साझाले काठमाडौँमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरिसकेको छ।
42
Shares
प्रतिक्रिया