ad ad

राजनीति


राष्ट्रियताको मुद्दा सडकमा जुलुस गरेर होइन, कुटनीतिक तरिकाले हल गर्नुपर्छ : कोइराला

राष्ट्रियताको मुद्दा सडकमा जुलुस गरेर होइन, कुटनीतिक तरिकाले हल गर्नुपर्छ : कोइराला

वाशुदेव मिश्र
मंसिर ८, २०७६ आइतबार १२:८,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले राष्ट्रियताको मुद्दा सडकमा नारा जुलुश गरेर नभइ कूट्नीतिक तरिकाले समाधान गर्नुपर्ने बताएका छन्।

पोखरा सम्वादले पोखरामा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियताको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘यो आफैँमा कठिन विषय हो, हिजो राष्ट्रियताको प्रतीक राजालाई मानियो अब केलाई मान्ने? हिमाल, पहाड, मधेशमा राष्ट्रियता एउटै हुन आवश्यक छ’, कोइरालाले भने, ‘नेपाली कांग्रेस यसमा गम्भीर छ। नागरिक समाज दलमा विभक्त भएर होइन ऐक्यवद्धतामा प्रतिवद्ध हुनुपर्छ।’

पार्टी सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्रीकै सहमतिमा भारतले नयाँ नक्सा निकालेको बताइरहँदा उनको यो भनाई आएको हो।

उनले चीनको बीआरआई र अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपालको धारण स्पष्ट हुनुपर्ने बताउँदै यसले नै भोलि राष्ट्रियता गम्भीर खतरामा पार्न सक्ने बताए। ‘रेल लिने कि नलिने हाम्रो छनौट हुनुपर्छ, ट्रान्समिलन लाइनका लागि पैसा खन्याइएको छ’,उनले भने,‘ यतिबेला पोखरामा चाइनिज गुप्तचरको बिगबिगी छ सरकारको ध्यान गएकै छैन्। पोखरेलीहरु पनि सजग हुनुपर्छ।’

पोखरा सम्वाद कार्यक्रमको सहजीकरण सिरोज कोइरालाले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .