आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले धरानबाट मेयरमा ११ जना आकांक्षीको नाम सिफारिस भएको छ। आगामी वैशाख ३० को निर्वाचनका लागि एमाले धरान उपमहानगर कमिटीले मेयर पदको उम्मेदवार ११ जना र उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको हो।
एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार आज बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा आकांक्षी रहेका ११ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो।
धरानको मेयरमा सिफारिश हुने उम्मेदवारका आकांक्षीहरुमा मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तिर्थ मास्के रहेका छन्।
एक नम्बरमा रहेकी मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी उपमेयर हुन् भने मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन्।
उनीहरुलाई पनि प्रदेश कमिटीको सचिवालय र सदस्य मात्र भएको आधारमा क्रमसंख्या राखेर सिफारिश गरिएको हो। यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य हुन्।
यसैगरि, उपमेयरमा आकांक्षी रहेका शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिश गर्ने निर्णय भएको छ।
पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन्। उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिश गरेको हो।
जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिश हुनेछ। जिल्ला र प्रदेश कमिटीले आवश्यकताको आधारमा नाम काटछाँट गर्न सक्नेछ।
Shares
प्रतिक्रिया