सुनसरीमा ५ दलीय गठबन्धनले वडा तहसम्म तालमेल गर्ने भएको छ। वडा स्तरसम्म तालमेल गर्न गठबन्धनले संयुक्त संयन्त्र समेत बनाएको छ।
संयन्त्रमा कांग्रेस सचिव वीरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा (एकीकृत समाजवादी) का सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहेका छन्।
कार्यदलले स्थानीय पालिकाहरूका वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ।
२०७४ को निर्वाचनमा स्थानीयदेखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदम अघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको हो।
Shares
प्रतिक्रिया