नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले हिसाबकिताब लिएर बसेकाले एमालेले छिट्टै न्याय पाउने बताएका छन्।
शुक्रबार इटहरी उपमहानगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेम्वाङले अदालतले अन्याय गरेपनि जनताले निर्वाचन मार्फत न्याय गर्ने बताए।
एमालेलाई अदालत मार्फत कमजोर बनाउन खोजिएको दाबी गर्दै जनताको अदालतले भने छिट्टै न्याय दिने उनले जिकिर गरे।
‘जनताले हेरिरहेका छन्, बहीखाता लिएर। अदालतमा विचाराधीन हुन्छ मुद्दा, त्यसैगरि अहिले जनताको अदालतमा पनि मुद्दा विचाराधीन छ’ नेम्वाङले भने, ‘फैसला आउने दिन टाढा छैन। सबै कुराको हिसाबकिताब जनता लिन्छन्।’
42
Shares
प्रतिक्रिया