ad ad

राजनीति


प्रतिपक्षी कांग्रेसले सार्वजनिक गर्‍याे 'सरकारका २१ असफलता'

प्रतिपक्षी कांग्रेसले सार्वजनिक गर्‍याे 'सरकारका २१ असफलता'

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ९:४४,

उपनिर्वाचन आउन करिब दुई साता बाँकी रहेका बेला नेपाली कांग्रेसले निर्वाचनलक्षित कार्यक्रम तीव्र पार्दै सरकारका असफलता भनी २१ बुँदे सूँची सार्वजनिक गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा एक युवासमूह मार्फत् एक पुस्तिका सार्वजनिक गरी सरकार बनेपछि २१ महिनामा कहाँकहाँ असफल भयो भन्ने फेहरिस्त पेश गरेका हुन्।

पुस्तिकाको संक्षेप पेश गर्दै शर्माले सरकार भारतसँगको सीमा विवादलाई उच्चस्तरीय कुटनीतिक वार्तामार्फत् जुन कुशलताका साथ समाधान गर्नुपर्थ्याे त्यसो गर्न नसकेको, वाइडवडी खरिद प्रक्रिया लगायतका विभिन्न भ्रष्टाचार कान्डमा मुछिएको, बुढिगन्डकीजस्ता ठूला परियोजनालाई अलपत्र पारेको, अन्तिम चरणमा रहेको मेलम्ची परियोजनालाई थप अन्यौलपूर्ण बनाएको, गोविन्द केसीले उठाएका गम्भीर मुद्दालाई सम्बोधन नगरेको आरोप लगाए।

त्यसैगरि उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक आदि मार्फत् प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको, आस्थाका आधारमा पत्रकारलाई कारबाही गरेको, बालुवाटार जग्गा कान्डमा सत्तापक्षका नेताहरुको बचाऊ गरेको, विपक्षी र नागरिक समाजप्रति सत्तापक्ष निरन्तर असहष्णिु बन्दै गएको दाबी गरे। सरकारका अन्य असफलताका सूचि पेश गर्दै उनले शेयर बजारको ओरालो यात्राले समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको संकेत गरेको, सामाजिक सुरक्षा कोष निष्प्रभावी बनाएको, गुठी प्रकरणलाई समाधान गर्न नसकेको बताए ।

नेकपाले मधेशी दललाई सरकारमा सामेल गरेर संविधान संशोधनको विषय समाधान गर्ने दाबी गरेपनि त्यसो गर्न नसकेको शर्माले बताए।

उनले नेपाली कांग्रेसलाई अब युवामय बनाउने योजनाका साथ युवाहरु मार्फत् निर्वाचनसम्बन्धी पुस्तिका सार्वजनिक गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .