शुक्रबार अपरान्ह ४ बजे बस्ने भनिएको पाँच दलीय गठबन्धनको बैठक एक घण्टालाई पछि सरेको छ।
यो बैठकमा सरकार सञ्चालन समन्वय संयन्त्रका संयोजक रामचन्द्र पौडेलसहितका नेताहरु पनि सहभागी हुनेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका छ।
देउवा सम्बोधन तयारीमा लाग्ने भएपछि गठबन्धन र संयन्त्र बैठक एक घण्टालाई सारिएको हो।
यो बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्।
यो बैठकमा आगामी वैशाख-जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे निष्कर्षमा पुग्न सकिने एक नेताले बताएका छन्।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले वैशाख-जेठमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
त्यसलाई लिएर बिहीबार प्रचण्ड, देउवा र माधव नेपाल पनि वार्तामा बसेका थिए। उनीहरुले पनि बैठकमा एमालेले संसद चल्न नदिएकाले अब नयाँ जनादेशमा जानु उचित हुने निष्कर्ष निकालेका थिए।
Shares
प्रतिक्रिया