शिक्षा तथा स्वास्थ्य सुधार अभियन्ता डा. गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई शुक्रबार भेटेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले सिंहदरबारमा पुगेर मन्त्री पौडेललाई भेटेका हुन्।
उक्त भेटका क्रममा चिकित्सा क्षेत्रका समस्या समाधानका उपायबारे छलफल भएको थियो।
‘चिकित्सा क्षेत्रका विद्यमान समस्याबारे डा. गोविन्द्र केसीज्यूसँग गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावप्रति हार्दिक आभार प्रकट गर्दछु’, पौडेलले भनेका छन्।'
पछिल्लो समय नोबेल र काठमाडौं मेडिकल कलेजसहितले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा धेरै शुल्क विरोधमा विद्यार्थी आन्दोलित छन्।
शिक्षा मन्त्रीकै उपस्थितिमा भएको बैठकमा पनि केही मेडिकल सञ्चालकहरुले सरकारले तोकेको शुल्कमा पढाउन नसकिने अडान लिएका थिए।
यस्तोमा शिक्षा मन्त्री पौडेलले बिहीबार ती मेडिकल कलेजहरुलाई कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको बताएका छन्।
Shares
प्रतिक्रिया